काठमाडौँ,जेष्ठ १ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार र अध्यक्ष पदमा स्वतन्त्र उम्मेदारको अग्रता रहेको छ् । नेपाली कांग्रेसकै समर्थनमा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार बनेका ज्ञानेन्द्र रुम्दालीले ४१३५ र उपाध्यक्षमा आश्राचन राईले ३३९६ मत ल्याएका छन् ।
उपाध्यक्षका प्रतिस्पर्धी दिपेन्द्र रुम्दालीले २३०१ मत ल्याएका छन् भने अध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेका रुपलाल तामाङले ३००९ मत ल्याएका छन् । अध्यक्ष पदका लागि नै प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका युवराज राईले ४०३ मत पाएका छन् भने उपाध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रेकामाओवादीकी चम्पासरी राईले ५९८ मत पाएका छन् ।१९,८८३ कूल जनसंख्या यस गाउँपालिकामा कुल मतदाता संख्या १५,३९० रहेका छन् । जसमा ७,७४१ पुरुष र ७,६४९ महिला रहेका छन् । यस गाउँपालिकामा ९ वडा छन् ।




