मनाङ र मुस्ताङको स्थानीय तहको सम्पूर्ण नतिजा हेर्नुहोस् :

`

     २०७९ ज्येष्ठ ०१ गते ७:०६

काठमाडौँ, १ वैशाख । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मनाङ र मुस्ताङबाट सम्पूर्ण नजिता आएको छ। मनाङमा ४ गाउँपालिकामध्ये २ वटा नेकपा एमाले र २ वटामा नेपाली कांग्रेसले जित हात पारको छ, भने मुस्ताङको ५ गाउँपालिकामध्ये ४ वटा एमाले र १ कांग्रेस विजय भएको छ ।

मुस्ताङ

मुस्ताङको नतिजा अनुसार एमालेले ४ वटा स्थानीय तह जितेको छ भने कांग्रेसले एक स्थानमा जित हात पारको छ।

मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्टले एकीकृत समाजवादीका देवबहादुर गुरुङलाई हराउँदै जित हात पारेका छन्। विष्ट २०७४ सालमा स्वतन्त्र उठेर कांग्रेसका उम्मेदवारलाई हराएका थिए।

मुस्ताङकै वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्षमा रिङजिन नामगेल गुरूङले कांग्रेसका आङजेन गुरुङलाई हराउँदै जित हात पारेका छन्। २०७४ सालमा वारागुङ मुक्तिक्षेत्रमा नेकपा एमालेकै रमेश गुरुङ विजयी भएका थिए।

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पनि यसपटक नेकपा एमालेका टसी न्वर्वु गुरूङ विजयी भएका छन्। उनले कांग्रेसका टसी गुरुङलाई पराजित गरेका हुन्। २०७४ मा लोमान्थाङमा कांग्रेसका सुवर्णकुमार बिष्ट विजयी भएका थिए।

साथै, मुस्ताङको थसाङ गाउँपालिकामा पनि नेकपा एमालेका प्रदीप गौचनले कांग्रेसका बालकुमारी शेरचनलाई पराजित गर्दैअध्यक्ष पदमा विजयी भएका छन्। २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका बुद्धिप्रसाद भट्टचनले गाउँपालिका अध्यक्ष जितेका थिए।

अघिल्लो स्थानिय चुनावमा मुस्ताङको घरपझोङ गाउँपालिकामा एमाले बिजेता भए पनि यो चुनावमा नेपाली कांग्रेसका उम्मेदवार मोहनसिंह लालचन अध्यक्ष पदमा विजयी भएका छन्। उनले एमालेका सञ्जयकुमार थकालीलाई हराएका हुन्।

मनाङ

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका कान्छा घले अध्यक्ष पदमा विजयी भएका छन्। उनले कांग्रेसका छिरिङ ओङमा गुरुलाई हराएका हुन्।

मनाङको चामे गाउँपालिकामा पनि एमालेका लोकेन्द्रबहादुर घले पुन अध्यक्ष पदमा विजयी भएको छ । उनले कांग्रेसका छिरिङ ध्वर्जे लामालाई हराएका हुन्। २०७४ मा पनि घलेले गाउँपालिका अध्यक्ष जितेका थिए।

मनाङको नार्पाभूमि गाँउपालिकामा कांग्रेसका कोन्जो तेन्जीङ लामा जित हात पारेको छ। उनले स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामालाई हराएका हुन्। यो भन्दा अघी २०७४ मा पनि कांग्रेसकै मिङमा छिरिङ लामा विजयी भएका थिए।

मनाङको अर्को गाउँपालिका नासोँमा पनि नेपाली कांग्रेसका धनबहादुर गुरुङले एमालेका मनबहादुर गुरुङलाई हाराउँदै जित हात पारेका छन् । २०७४ सालमा पनि नेपाली कांग्रेसका चन्द्र घले गाउँपालिका अध्यक्षमा विजयी भएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?