मुस्ताङको थासाङ गाउँपालिकामा एमालेको उम्मेदवार प्रदीप गौचन विजयी

`

     २०७९ ज्येष्ठ ०१ गते ३:०३

काठमाडौँ, १ वैशाख । मुस्ताङको थासाङ गाउँपालिकामा नेकपा एमालेको उम्मेदवार प्रदिप गौचन ११४४ मतसहित विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसकी बालकुमारी शेरचनले १०५५ मत पाएकी छन्।

त्यसैगरी उपाध्यक्षमा भने नेपाली काँग्रेसका सोमल हिराचनले १११२ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै पाँच वडा रहेको यस गाउँपालिकामा ४ वडा अध्यक्ष काँग्रेसले जितेको छ भने एक वडाअध्यक्ष एमालेले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?