काठमाडौँ, जेठ १ । मकवानपुरको हेटौडा उपमहानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिष्पर्धा भइरहेको छ ।
त्यहाँ ६६४१ मत गणना गर्दा मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मिना कुमारी लामाले नेकपा एमालेका प्रतिष्पर्धी भन्दा २ मतको अग्रता बनाएकी छन् । लामाले २१३० मत पाएकी छन् भने एमालेका अनन्त प्रसाद पौडेलले २१२८ मत पाएका छन् ।
त्यस्तै राप्रपाका उम्मेद्वार दिपक बहादुर सिंहले २००१ मत पाएका छन् ।




