अध्यक्ष केपी ओलीले कहाँबाट मतदान गर्दै छ ?

`

     २०७९ वैशाख २९ गते १:४१

काठमाडौँ, २९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिका वडा नं. २, बालकोस्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान स्थलबाट मतदान गर्ने भएको छ ।

उक्त विद्यालय रहेको मतदानस्थलमा तीन मतदान केन्द्र रहेका छन् । जसमा (क) मा १ हजार ८, (ख) मा १ हजार ८ र (ग) केन्द्रमा १ हजार ४० जना मतदाता गरेर ३ हजार ५६ जना मतदाता छन् । निर्वाचन आयोगको मतदाता नामावलीमा ओलीको क्रम संख्या ४८५ उमेर ७० वर्ष उल्लेख गरिएको छ । उनकी धर्मपत्नी राधिका शाक्यको क्रम संख्या १८८९ र उमेर ६२ वर्ष उल्लेख गरिएको छ । शाक्यले (ख) केन्द्रबाट मतदान गर्नेछिन् ।

शुक्रबार ३० गते हुने स्थानीय तहको निर्वाचनमा भक्तपुर जिल्लामा ७७ मतदानस्थल र २ सय १९ वटा मतदान केन्द्र तोकिएको छ । स्थानीय निर्वाचनका लागि भक्तपुरमा कुल एक लाख ८९ हजार ५८४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?