मतदातालाई बाँड्दै गरेको १२ कार्टुन रक्सी बरामद

`

     २०७९ वैशाख २८ गते २:३५

काठमाडौँ, २८ वैशाख । कपिलवस्तु नगरपालिका-३ सानो बर्गदहवाबाट मतदातालाई बाँड्दै गरेको रक्सी प्रहरीले बरामद गरेको छ ।

रक्सी स्थानीयलाई बाँड्न लागेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले बाँड्न लागेको रक्सी सहितको भ्यान र मानिसलाई नियन्त्रणमा लिएको छ ।

१२ कार्टुन (२६० बोतल) रक्सीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी जेसी शाहले बताए ।

निवर्तमान वडा अध्यक्ष तथा क्रिकेट एसोसिएसन कपिलवस्तुका अध्यक्ष समेत रहेका वडा नम्बर ३ का उम्मेदवार प्रकाश गैरेमाथि रक्सी बाँड्न लगाएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?