सुनचाँदीको मूल्यमा गिरावट

`

     २०७९ वैशाख २८ गते ११:२१

काठमाडौँ, २८ वैशाख । आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला १ हजार रुपैयाँले गिरावट आएर ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी चाँदी प्रतितोला ३० रुपैयाँ घटेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुन प्रतितोला ९८ हजार रुपैयाँ र चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?