सुनचाँदीको मूल्यमा गिरावट

`

     २०७९ वैशाख २७ गते १०:४६

काठमाडौँ, बैशाख २७ । मंगलबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ७ सयले ओरालो लागेर ९८ हजार कायम भएको छ । यस अघि सोमबार सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार तेजावी सुनको मुल्य तोलाको ९७ हजार ५ सय निर्धारण भएको छ ।

त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेर १२७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?