काठमाडौँ, २६ वैशाख । नयाँ राष्ट्रपतिसँगै देशभरका लागि झण्डै १८ हजार विभिन्न सरकारी पदाधिकारीहरु चयनका लागि फिलिपिन्समा सोमबार मतदान भइरहेको छ ।
त्यस अन्तर्गत एक उपराष्ट्रपति, १२ जना सिनेटर, ३०० भन्दा बढी संसदका प्रतिनिधिहरु र १७ सय भन्दा बढी अन्य स्थानीय प्रतिनिधिहरु रहेका छन् । मतदानका लागि देशभरी ३७ हजार २११ मतदान केन्द्रहरु तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपतिका उम्मेदवारहरु मध्ये पूर्व राष्ट्रपति फोर्डिनान्ड मार्कोसका छोरा पूर्व सिनेटर समेत रहनु भएका ६४ बर्षका फोर्डिनान्ड मार्कोस जुनियर सबैभन्दा अगाडि रहेको दाबी गरिएको छ ।
उनको प्रमुख प्रतिश्पर्धीको रुपमा भने वर्तमान उपराष्ट्रपति ५७ बर्षिया मारिया लओनोर रोर्बेडोलाई हेरिएको छ । फिलिपिन्सको राष्ट्रपति बन्नका लागि उनीहरु बाहेक अरु आठ जनाले पनि उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनका लागि ४५ हजार सैनिक, ६० हजार प्रहरी परिचालन गरिएको छ भने १२ हजार प्रहरीलाई तयारी अवस्थामा राखिएको छ ।




