एजेन्सी, २६ वैशाख । पाकिस्तानका विदेश मन्त्री बिलावाल भुट्टो जर्दारी यही मे महिनाको मध्यतिर अमेरिका जाने भएको छ ।
कुटनीतिक श्रोतलाई उल्लेख गर्दै विभिन्न सञ्चार माध्यमहरुले लेखेको समाचारअनुसार उहाँ अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकेनको निमन्त्रणामा अमेरिका जान लाग्नु भएको हो ।
उहाँहरुका बीचमा केही दिन अगाडि मात्रै टेलिफोनमा कुराकानी भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिका—पाकिस्तान सम्बन्धको ७५औँ बार्षिकोत्सवको अवसरमा उहाँहरुका बीचमा टेलिफोन संबाद भएको हो ।




