रोल्पामा काँग्रेस–एमाले र माओवादी–समाजवादी गठबन्धन बिच झडप

`

     २०७९ वैशाख २२ गते ११:४७

काठमाडौँ, २२ वैशाख । रोल्पामा कांग्रेस–एमाले गठवन्धन र माओवादी–एकीकृत समाजवादी गठबन्धन वीच झडप भएको छ ।

झडपमा परि माडी गाउँपालिका वडा नं. ३ का कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार मीनवहादुर डाँगी घाइते भएका छन ।

माडी गाउँपालिका वडा नं. ३ को चुनावी सभा सकेर फर्कने क्रममा दुई समूह बीच झडप भएको हो ।

वडाध्यक्षका उमेदवार डाँगीमाथि एकाएक आक्रमण भएको नेपाली कांग्रेसका नेता पशुपति घर्तीमगरले बताए । ‘टाउकामा चोट लागेका घाइते डाँगीलाई थप उपचारका लागी नेपालगञ्ज पठाएको छौं,’ घर्तीमगरले भने ।

तर माओवादी–एकीकृतसमाजवादी गठबन्धनले आफूहरुलाई कांग्रेस–एमाले गठबन्धनवाट आक्रमण भएकोले प्रतिवाद गरेको बताएको छ ।

प्रहरीले भने घटना सामान्य भएको वताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?