काठमाडौँ, २२ बैशाख । आज नेपाली बजारमा सुनको उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य १४ सय रुपैयाँले बढेर आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँ घटेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार १०० रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बुधबार छापावाल सुनको मूल्य ९७ हजार २०० र तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले उकालो लागेर १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।




