स्वतन्त्र परराष्ट्र नीति सकिएकै हो: भीम रावल

`

     २०७९ वैशाख १९ गते ६:१६

काठमडौँ, १९ बैशाख । नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौता अनुमोदनपछि नेपालमा अमेरिकी नेता र अधिकारीहरुको लर्को लाग्न थालेको बताएका छन् । सोमबार केही घण्टाको फरकमा सामाजिक सञ्जालमा लेख्दै नेता रावलले अमेरिकी नेता र अधिकारीहरु लर्को लाग्नुमा एमसीसीको एउटा परिणाम भनेर टिप्पणी गरेका हुन् ।

साथै उनले प्रश्न गरेका छन्  ‘अब तिब्बत मामिला हेर्ने संयोजक उज्रा जिया पनि आउने रे भनेका छन् । अमेरिकीहरुको लर्कोलाई नेपाल शक्ति राष्ट्रको संघर्षको थलो बन्ने संकेत त होइन र? अब स्वतन्त्र परराष्ट्र नीति सकिएकै हो र?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?