काठमाडौँ, १९ बैशाख । पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सो अवधिमा १८ जना निको भएका छन् । यस्तै, ९ लाख ६६ हजार ६७४ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २९ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर २११ जना सक्रिय संक्रमित रहेका छन् । ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।




