अरू दलका उम्मेदवार चर्चा गर्न लायक छैनन् : ओली

`

     २०७९ वैशाख १८ गते २:४६

काठमाडौँ, १८ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरू चर्चा गर्न लायक नरहेको टिप्पणी गरेका छन्।

‘कसैको उम्मेदवारीको बारेमा म केही भन्न चाहन्नँ। किनभने चर्चा गर्न लायक नै छैनन्। केही कुरा गरिरहनु पर्ने आवश्यकता नै छैन। त्यसकारण म कसैको बारेमा केही भनिरहन चाहन्न। साथीहरूले कतिपयले इच्छा गर्नुभएको छ। इच्छा गर्न पाइन्छ। उहाँहरूको अधिकारको कुरा हो। उहाँहरूले इच्छा गर्नुपर्छ। उहाँहरूको इच्छालाई सलाम गरौं । सूर्यमा भोट हालौँ । एमालेलाई जिताऔं, काठमाडौंलाई सफा गरौं,’ उनले भने।

अध्यक्ष ओलीले काठमाडौंलाई विश्वकै नमुना राजधानी बनाउने, सफा राजधानी बनाउने र यहाँका बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौं महानगरपालिकाको उम्मेदवार बनाएको पनि बताए।

उनले केशव स्थापितको अनुभव र अन्य युवा उम्मेदवारको जोशलाई मिलन गरेर काठमाडौं महानगरपालिकालाई आफ्नो पार्टी समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?