नेपाल प्रहरीमा विश्वराज पोखरेल र सशस्त्र प्रहरीमा राजु अर्याल आइजिपी बन्ने प्रमुख सम्भावना

`

     २०७९ वैशाख १७ गते ८:२८

काठमाडौं, बैशाख १७ । आइतबार बेलुकाबाट नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री तथा सशस्त्र प्रहरी बलका पुष्पराम केसीले अवकाश पाउँदैछन् । अवकाश अघि नै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा महानिरीक्षक नियुक्त गर्न शनिबार बिहान मन्त्रिपरिषद्को बैठक बस्दै छ । आइजिपी नियुक्तिमै केन्द्रीत भई शनिबार मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

नेपाल प्रहरीको महानिरीक्षकमा चार एआइजीहरु विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रबिन्द्र धानुकबीच प्रतिस्पर्धा छ। उनीहरु फरक–फरक समयमा एआइजीमा बढुवा भएपनि एउटै ब्याचका हुन् । उनीहरुमध्ये पोखरेल र सिंहबीच मुख्य प्रतिस्पर्धा रहेको स्रोत बताउँछ। विश्वराज पोखरेल अरुभन्दा अघि एआइजी भएकाले आइजिपी हुने प्रमुख सम्भावना रहिआएको जानकारहरु बताउँछन् । अर्कातर्फ धिरजप्रताप सिंहलाई सत्तागठबन्धनले अघि बढाउन चाहेमा उनको पनि उत्तिकै सम्भावना रहिआएको देखिन्छ। उता सशस्त्र प्रहरीमा भने राजु अर्याल नै महानिरीक्षक हुने लगभग सुनिश्चित जस्तै भएको छ। उनि आइजिपीका एक्ला प्रतिस्पर्धी हु्न् । यद्यपी आइजिपी पुष्पराम केसीले आफ्नो पदावधि थप्ने प्रयास गरिरहेका छन् । तर, उनको चलखेल कमजोर भएकाले अर्याल नै महानिरीक्षक हुने सुनिश्चित जस्तै भएको छ।

आज बस्ने बैठकले नै राष्ट्रिय अनुसन्धान विभागमा एआइजीको एक पदमा पनि बढुवा गर्ने सम्भावना रहेको छ । विभागमा हाल एआइजी हुने नै भदौमा प्रमुख हुने भएकाले तिव्र प्रतिस्पर्धा छ । जसमा हुतराज थापा, ओम जोशी, हरिहर पौडेल, टेकेन्द्र कार्की, सुमन बैद्य, कुलदिप थापा लगायत प्रतिस्पर्धामा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?