काठमाडौँ, वैशाख १६ । श्रीलंकाका राष्ट्रपति गोताबाया राजापक्ष प्रधानमन्त्री रहेका आफ्ना दाइ महिन्दा राजापक्षलाई प्रधानमन्त्रीबाट हटाउन सहमत भएका छन् ।
‘राष्ट्रपति गोताबाया राजापक्ष संसद्मा रहेका सबै राजनीतिक दल सहभागी हुने राष्ट्रिय परिषद् गठन गर्न र नयाँ प्रधानमन्त्री बनाउन तयार भएका छन्,’ सांसद मैथ्रिपाला सिरिसेनाले भने ।
बढ्दो वैदेशिक ऋण, श्रृङखलावद्ध लकडाउन, बढ्दो मुद्रास्फ्रिति, इन्धनको अभाव, विदेशी मुद्राको कमी, मुद्राको अवमूल्यनसहितको विषयले श्रीलंकाको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ । श्रीलंकाले यसै वर्षभित्र ७ अर्ब अमेरिकी डलरको वैदेशिक ऋणको भुक्तानी गर्नुपर्ने छ भने २०२६ सम्ममा २५ अर्ब अमेरिकी डलर ऋण तिर्नुपर्ने छ । तर विदेशी मुद्राको सञ्चिति भने १ अर्ब अमेरिकी डलर भन्दा कम रहेको छ ।
अर्थतन्त्रमा संकट देखिएयता श्रीलंकामा राजापक्ष सरकारविरुद्ध निरन्तर रुपमा विरोध प्रदर्शन हुँदै आएको छ ।




