वैशाख २५ गतेदेखि हिमालयन हाइड्रोले आईपीओ जारी गर्ने

`

     २०७९ वैशाख १६ गते १२:१६

काठमाडौँ, १६ बैशाख । हिमालयन हाइड्रोपावरले आगामी वैशाख २५ गतेदेखि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

आयोजना प्रभावित स्थानीय बासिन्दालाई जारी पुँजीको ८.२२ प्रतिशत अर्थात ९ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । आयोजना प्रभावित स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आयोजना प्रभावित कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ अर्थात् साविकको पाचें गाविसको सबै वडाहरू, मादी गाउँपालिकाको वडा नं २ अर्थात् साविकको नामार्जुन गाविसका सम्पूर्ण वडाका स्थानीय बासिन्दालाई आईपीओ जारी गर्न लागेको हो । यस्तै, मादी गाउँपालिका वडा नं ३ र ४ अर्थात् साविकको थुमाकोडाँडा गाविसका सम्पूर्ण वडाहरू र मादी गाउँपालिकाका वडा नं. ६ र ७ (साविकको सिल्दुजुरे गाविसका सम्पूर्ण वडाका) स्थानीय बासिन्दाहरुले समेत कम्पनीको आईपीओका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओको आवेदन छिटोमा जेठ ८ गतेसम्म र ढिलोमा जेठ २३ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ । आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?