काठमाडौँ, १६ बैशाख । आज सुनको मूल्यमा वृद्धि भएको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ बढेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।




