काठमाडौँ, १६ बैशाख । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सहयोग गर्नका लागि अमेरिकी संसद्मा ३३ अर्ब डलर प्रस्ताव गरेका छन् ।
उक्त रकमबाट २० अर्ब डलर सैन्य सहायताका लागि र ८ दशमलब ५ अर्ब डलर युक्रेन सरकारका लागि र बाँकी रकम त्यहाँका आम नागरिकको सहायताका लागि हुने बताइएको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस तीन दिनदेखि नै युक्रेनको राजधानी किभमा छन् । त्यहाँ पुगेर उनले पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् ।




