काठमाडौँ, १५ बैशाख । नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ४ हजार ८८२ पीसीआर परीक्षणका क्रममा १५ जना र ९ सय ९३ एन्टिजेन परीक्षणका क्रममा कुनैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ९३ जना निको भएका छन् ।
नेपालमा २ सय ४९ सक्रिय संक्रमित रहेको जनाएको छ ।




