गठबन्धन भएको ठाउँमा स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह, नमाने दण्ड दिइने

`

     २०७९ वैशाख १४ गते ४:३०

काठमाडौँ, १४ बैशाख । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले गठबन्धन भएका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिने नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

उनले भने–‘चुनाव अघि र चुनावपछि पनि पार्टीमा विवाद हुन्छ । तर चुनावमा होमिइसकेपछि पार्टीको निर्णय मानेर जानुपर्ने हुन्छ । अझै २ दिन समय छ । स्वतन्त्र उम्मेदवारी दिनेहरूलाई फिर्ता लिन आग्रह छ । तपाईहरुमाथि भएको अन्यायको एक एक हिसाव हुन्छ । अन्यायमा परेकाहरुलाई भोलिका दिनमा पार्टीले क्षतिपूर्ति दिनेछ । पार्टीको निर्णय नमानेर कारबाहीमा परेपछि अघि बढ्न गाह्रो हुने मसँग पनि अनुभव छ ।’

उनले काँग्रेस एक्लैले चुनाव लड्दा पनि अप्ठेरो रहेको र गठबन्धन बनाएपछि पनि अझै अप्ठेरो भएको बताए ।

थापाले पार्टीभित्रै पार्टीको निर्णय उल्लंघन गरेको उजुरी पनि आएको र पार्टीको निर्णय विपरित काम गरेकालाई चुनावपछि कारबाही र दण्ड दिइने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?