सुनचाँदीको मूल्यमा गिरावट

`

     २०७९ वैशाख १४ गते ११:०५

काठमाडौँ, १४ बैशाख । नेपाली बजारमा सुनको मूल्य निरन्तर ८ दिनदेखि ओरालो लागिरहेको छ ।

आज छापावाला सुन ३०० रुपैयाँले घटेर तोलामा ९९ हजार रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ कायम छ । मंगलबार छापावाल सुन ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?