सुनको मूल्यमा ९०० रुपैयाँको गिरावट

`

     २०७९ वैशाख १३ गते ११:०२

काठमाडौँ, १३ बैशाख । आज सुनको मूल्यमा गिरावट आएको छ ।

सुनचाँदी व्यवसाय महासंघको अनुसार सुनको मूल्य ९०० रुपैयाँले घटेर प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाएको हो । हिजो सोमबार प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएको थियो छ ।

हिजोको तुलनामा तेजाबी सुनको मूल्य ९९ हजार ७०० रुपैयाँ बाट घटेर आज प्रतितोला ९८ हजार ८०० रुपैयाँ छ ।

यसैगरी, आज चाँदीको मूल्य स्थिर रहदै प्रतितोला मूल्य १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?