काठमाडौँ, १२ बैशाख । सिन्धुपाल्चोकको चौतारा साँगागढी नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोडफोड भएको छ।
माओवादी केन्द्रको उम्मेदवारबीच टिकटको विषयमा विवाद भएपछि झडप हुँदा कार्यकर्ताहरूले कार्यालयमा तोडफोड गरेको सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले जानकारी दिए।
झडप भएपछि प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगेको छ।
प्रहरीले दुई सेल अश्रुग्यास समेत प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
त्यहाँ माओवादी केन्द्रमा टिकट नपाएपछि निवर्तमान मेयर अमान सिंह तामाङले स्वतन्त्र उम्मेदवारी दिएका थिए। त्यसक्रममा ढुंगामुढा भएको प्रहरीले जनाएको छ।
कार्यालय भित्र मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकारीसहितको टोली रहेको उनले बताए।




