फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएकोमा इमानुएल म्याक्रोनलाई पुटिनको बधाई

`

     २०७९ वैशाख १२ गते ३:२२

काठमाडौँ, ११ बैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सको राष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा इमानुएल म्याक्रोनलाई बधाई दिएका छन् ।

रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले सोमबार एक विज्ञप्ति जारी गर्दै म्याक्रोनलाई बधाई दिएका हुन् । विज्ञप्तिमा भनिएको छ- ‘म तपाईलाई राज्य संचालनमा सफलताको साथै सुस्वास्थ्य र सुस्वास्थ्यको कामना गर्दछु ।’

आइतवार राति प्रकाशित गरेको नतिजा अनुसार म्याक्रोनले ५८.५५ प्रतिशत मत ल्याएर फ्रान्सको राष्ट्रपतिमा पुन : निर्वाचित भएका छन् ।

उनका दक्षिणपन्थी प्रतिद्वन्द्वी मारिन ले पेनले ४१.४५ प्रतिशत मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?