पोखराको मेयरमा एमालेबाट कृष्णबहादुर थापाको उम्मेदवारी दर्ता

`

     २०७९ वैशाख १२ गते २:४२

काठमाडौँ, १२ बैशाख । पोखरा महानगरपालिकाको मेयरमा एमालेका कृष्णबहादुर थापाले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै उपमेयरमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गरेकी छिन् ।

केन्द्रीय सदस्य समेत रहेका थापालाई मेयरको उम्मेदवार बनाउँदा गुरुङ उपमेयरमा दोहोरिन तयार भएकी हुन् ।

हाल मेयरको उम्मेदवार बनाइएका थापा विवादमुक्त व्यक्ति होइनन् । जातीय विभेदको अभियोगमा हिरासतमा रहेकालाई विनासर्त रिहा गर्न विज्ञप्ति निकालेपछि उनको व्यापक आलोचना भएको थियो ।

पोखरा–१६ बाटुलेचौरमा दलित समुदायलाई सार्वजनिक स्थलमा बनेको किरियापुत्री भवन स्थानीय क्षेत्री समुदायले प्रयोग गर्न नदिएको घटनामा उनले क्षेत्री समुदायको पक्षपोषण हुने गरी ०७७ वैशाख २४ मा विज्ञप्ति निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?