‘सफा हिमाल अभियान– २०२२’ टोलीहरू ४ वटा हिमालका आधार शिविरमा पुगे

`

     २०७९ वैशाख १२ गते १०:४९

काठमाडौँ, १२ बैशाख । नेपाली सेनाले नेतृत्व गरेको ‘सफा हिमाल अभियान– २०२२’ को टोलीहरू चारवटा हिमालका आधार शिविरमा पुगेका छन् ।

सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालको सफाइ गर्ने तयारी छ । सगरमाथा र ल्होत्सेमा खटिएको टोली १ वैशाख, कञ्चनजङ्घामा खटिएको टोली ८ वैशाख र मनास्लुमा खटिएको टोली ९ वैशाखमा आधार शिविर पुगेका नेपाली सेनाले जनाएको छ ।

‘बेस क्याम्प पुगे पश्चात उक्त टोलीले फोहोर संकलन गर्ने कार्य सुरु गरेका छन्’ जंगीअड्डा जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोटमा भनेको छ ।

हिमाल सफाइ अभियान २२ गतेसम्म संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?