काठमाडौँ, ११ बैशाख । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले सस्तिँदै १ लाख ५०० रुपैयाँमा झरेको हो । तेजाबी सुनको मूल्य समेत आज ५०० रुपैयाँले नै सस्तिँदै आज एक लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।




