हामीलाई जिताउनु भयो भने कहिल्यै पनि निराश हुन दिने छैनौँ : रेखा थापा

`

     २०७९ वैशाख ०८ गते ४:०५

काठमाडौँ, ८ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य रेखा थापाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीबाट उम्मेदवार भइ बाचाअनुसार काम नगर्नेलाई जनकारबाही गर्ने बताएकी छन् । बिहीबार बुटवलमा राप्रपाद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले यस्तो बताइन् ।

उनले भनिन्, ‘हामीलाई जिताउनु भयो भने कहिल्यै पनि निराश हुन दिने छैनौँ । राप्रपा जनतालाई नेता र भगवान मान्छ । पार्टीले जनतालाई आश्वासन दिँदैन, भ्रमपूर्ण सपना पनि देखाउँदैन । यो नगरमा जो उठ्नुहुन्छ तपाईँहरुले जिताएको खण्डमा र उहाँले गरेका बाचा पुरा गर्नुभएन भने मलाई भन्नुस् म समातेर ल्याएर तपाईँका काखमा राखिदिन्छु । तपाईँहरूको साथमा रहेर म जनकारवाही गर्छु ।’

केन्द्रीय सदस्य थापाले गणतन्त्रमा गाली गर्ने संस्कारले प्रश्रय पाएको बताउँदै गाली गरेर पार्टी र देश नबन्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?