निर्वाचनमा हामी बहुमत ल्याउँछौ: ओली

`

     २०७९ वैशाख ०८ गते २:१४

काठमाडौँ, ८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्तानिय निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन् । केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएको हुन् ।

‘अबको निर्वाचनमा हामी बहुमत ल्याउन सक्छौ । ७४ मा भएको निर्वाचनमा पनि हामी सरकारमा थिएनौ । तर परिणाम राम्रो ल्याएका थियौ’, अध्यक्ष ओलीले भने, ‘यसपटक तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्छन् । पहिलेको भन्दा स्थिति धेरै राम्रो छ । प्रवेश निषेध भएको प्रदेशमा एमालेले गढ बनाएको छ ।’

उनले नेता कार्यकर्ताहरूलाई सोही आत्मविश्वासका साथ अघि बढ्न निर्देशन दिँदै सत्ता गठबन्धन एकातिर र एमाले अर्कोतिर भएर घेर्न खोजेपनि सफल हुन नदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?