काठमाडौँ, ७ बैशाख । जनता समाजवादी पार्टी(जसपा) नेता मोहम्मत इस्तियाक राईले सत्ता गठबन्धनबाट मेयर नेपाली काँग्रेसको भागबण्डामा परेपछि मेयरमा बागी उम्मेदवारी दिने चेतावनी दिएका हुन्।
‘जसपा बाँके जिल्ला अध्यक्ष र नेपालगञ्ज उपमहानगरपालिका मेयर उम्मेदवारले पार्टीको निर्णय सच्याउन भोलि विहान १० बजेसम्मको म्याद दिनु भएको छ। यदी गठबन्धनले गरेको निर्णय नसचिएमा पार्टीबाट राजीनामा दिएर बागी उम्मेदवारी दिने भन्नु भएको छ’ राईले भने,‘मैले यस क्षेत्रबाट प्रतिनिधित्व गर्छु। उनै नेता कार्यकर्ता,मतदाता र शुभचिन्तकबाट सांसद हुँ र देशको नेता भएको छु। त्यसमा मेरो पूर्ण सहमती हुने छ।’
आफूलाई जिताएका नेता कार्यकर्ता र शुभचिन्तक नै नभए पार्टीको निर्णय मात्रै मानेर जाने अवस्था नरहेको राईले जिकिर गरे।




