पार्टीले दिएको समयभित्रै नेविसंघको महाधिवेशन गर्छु : दुजाङ शेर्पा

`

     २०७९ वैशाख ०६ गते २:३३

काठमाडौँ, ६ बैशाख । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले नेविसंघको महाधिवेशन पार्टीले दिएको समयसीमाभित्रै सम्पन्नगरिने बताएका छन्। मंगलबार काठमाडौंमा भएको नेविसंघको ५३ औं स्थापना दिवस कार्यक्रममा उनले समयमै महाधिवेशन गराउने बताए ।

उनले भने, ‘लामो समयदेखि नेपाल विद्यार्थी संघको अधिवेशन हुन सकेको छैन । मैले पाएको समय सीमाभन्दा एक दिनपनि बढी नेतृत्वमा बस्ने छैन ।’ लथालिङ भएको नेविसंघको संगठनलाई ट्र्याकमा ल्याएर समयमै अधिवेशन गराउने शेर्पाले बताए । ‘अधिवेशन गराउन सबै विद्यार्थी साथीहरुले सहयोग गर्नुहुन्छ भन्ने विश्वास गर्दै छु,’ उनले भने, ‘पार्टी सभापति ज्यूले मलाई होइन ३२ वर्ष मुनिका विद्यार्थीलाई नेविसंघको जिम्मेवारी दिएको छ । म यो जिम्मेवारीबाट कहिले चुक्ने छैन ।’

चैत ९ गते नेविसंघ सभापति भएका शेर्पालाई प्रतिनिधि सभा निर्वाचन भएको तीन महिनाभित्र अधिवेशन गरिसक्न काँग्रेसको निर्देशन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?