गठबन्धन देखेर केपी ओली थरथरी काँपेका छन् : रामचन्द्र पौडेल

`

     २०७९ वैशाख ०६ गते १२:४८

काठमाडौँ, ६ बैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी शर्मा ओली थरथरी कापेको बताएका छन् ।मंगलबार काठमाडौमा नेपाल विद्यार्थी संघको वार्षिकोत्सवलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।

उनले लोकतन्त्रको लडाई बाँकी नै रहेकाले सवै सजग भएर लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरुविरुद्ध सतर्क हुनुपर्ने पनि बताए । ‘गठबन्धन सत्ताका लागि होइन व्यवस्थाका लागि हो । नेपालको परिवर्तन र अग्रगामी बाटोमा रुपान्तरण गर्न हो’, पौडेलले भने, ‘यो शक्ति देखेर केपी ओली थरथरी कापेका छन्, हतास अभिव्यक्ति दिन पुगेका छन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?