सुनको मूल्यमा गिरावट

`

     २०७९ वैशाख ०६ गते ११:११

काठमाडौँ, ६ बैशाख । आज सुनको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ थियो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।

यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेर १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?