काठमाडौँ, बैशाख ५ । साताको दोस्रो दिन आज सुनचाँदीको मुल्य बढेको छ ।
आज छापावाल सुन प्रतितोलामा ५ सयले बढेर १ लाख २ हजार ५ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि आइतबार छापावाल सुनको मुल्य १ लाख २ हजार रहेको थियो ।
महासंघका अनुसार सोमबार तेजाबी सुनको मुल्य प्रतितोला एक लाख २ हजारमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक ५ रुपैयाँले बढेर १४२० रूपैयाँमा कारोबार भईरहेको छ ।




