म्यानमारले पर्यटकलाई देशमा आउन अनुमति दियो

`

     २०७९ वैशाख ०४ गते ५:२८

एजेन्सि, ४ चैत्र । दुई वर्ष पछि म्यानमारको सैन्य सरकारले विदेशी पर्यटकका लागि देशको सीमा खोल्ने घोषणा गरेको छ ।

म्यानमारमा वर्ष दिनअघि मात्रै छानिएको सरकारलाई कू गरिएको थियो । त्यहाँका नागरिकले अहिलेसम्म पनि सैन्य सत्ताको विरोध गरिरहेका छन् । देशको बैङ्किङ व्यवस्था समस्यामा छ, अर्थव्यवस्था धरासयी भएको छ ।

म्यानमार जाने धेरैजसो पर्यटक चीनका हुन् र कोभिड महामारीपछि चीनले आफ्नो देशका सीमा बन्द गरेको छ । यसको असर म्यानमारमा परिरहेको छ र त्यहाँ दैनिक केही मात्रै अन्तरराष्ट्रिय उडान पुगिरहेका छन् ।

चीनमा आधिकारिक वेबसाइटमा दिइएको जानकारी अनुसार अहिले पनि म्यानमारका लागि भिसा जारी गर्न रोक लगाइएको छ । जसको भिसा लागेको छ, उनीहरु एक हप्ताका लागि क्वारेन्टिनमा बस्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?