जसपा अध्यक्ष भट्टराई र यादवसँग प्रचण्डको भेटवार्ता

`

     २०७९ वैशाख ०४ गते २:५८

काठमाडौँ, ४ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

आइतवार सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा सामूहिक रुपमा छलफल भएको हो ।

भेटपछि जसपा केन्द्रीय समिति अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको बताए । तर श्रोतले भने स्थानीय तहको निर्वाचनमा तालमेलको विषयमा उनीहरुबीच छलफल भएको जनाएको छ ।

‘भेटमा स्थानीय तहमा सम्भावित तालमेललाई प्रभावकारी बनाउन दुई पार्टीबीच छलफल अघि बढाउने कुराकानी भएको छ,’ जसपाका एक नेताले भने, ‘महानगर र उपमहानगरमा तालमेलका लागि रामचन्द्र पौडेल नेतृत्वको कार्यदल बसेपछि नेतात्रयबीच पुनः छलफल गर्ने सहमति बनेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?