एजेन्सी, ४ बैशाख । दक्षिण कोरियामा २४ घण्टाको समयाअवधी अर्थात शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड–१९ सङ्क्रमति भेटिएका छन् । योसँगै कूल संक्रमितको संख्या १ करोड ६३ लाख ५ हजार ७५२ पुगेको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएको छ ।
दक्षिण कोरियामा अघिल्लो दिन एक लाख ७ हजार ९१६ जनामा कोरोना सङ्क्रमण भएको रोग नियन्त्रण तथा रोकथाम एजेन्सी ९केडिसिए० ले जानकारी दिएको थियो ।
गत २४ घण्टामा अर्थात शनिबार मध्यरातिसम्म कोरोना सङ्क्रमणको कारण २०३ जनाको मृत्यु पुष्टि भएपछि कूल मृतकको संख्या २१ हजार ९२ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
यहाँ खोपको दुई डोज प्राप्त गर्ने व्यक्तिहरूको संख्या चार करोड ४५ लाख २६ हजार ४७१ पुगेको जनाइएको छ । यो संख्या दक्षिण कोरियाको कूल जनसंख्याको ८६.८ प्रतिशत भएको जनाइएको छ ।




