वैशाख ९ गतेबाट एसइई परीक्षा हुँदै, परीक्षामा ५१४७६० जना विद्यार्थी सहभागी हुँदै

`

     २०७९ वैशाख ०४ गते ११:३७

काठमाडौँ, ४ बैशाख । माध्यमिक शिक्षा परीक्षा (एसईई) यही बैशाख ९ गतेबाट हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरेको जनाएको छ । ती केन्द्रहरुमा बोर्डले तयार पारेका प्रश्नपत्रहरु पठाइने र सोही आधारमा कोरोनाकाल भन्दा अगाडिको जस्तै गरी परीक्षा सञ्चालन हुनेछ । प्रश्नपत्रहरु पनि जिल्ला पठाइसकिएको छ ।

बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना परीर्थी सहभागी हुँदैछन् । जसमा नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ जना र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?