राप्रपा नेपालको प्रगतिलाई कुनै शक्तिले रोक्न छेक्न नसक्ने अध्यक्ष थापाको दाबी

`

     २०७९ वैशाख ०२ गते ४:४८

काठमाडौँ, २ बैशाख । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपालको प्रगतिलाई रोक्ने छेक्ने नसक्ने बताएका छन् ।

आज नवलपुरको देवचुली प्रगतिनगरमा युबाहरुद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले राप्रपा नेपालको मार्गचित्र नै सहि र मुलुकको हितमा भएको समेत दाबी गरे । राप्रपा नेपाल युवाहरुको निमित्त खडा भएको पार्टी भन्दै कोहि युबाको भविष्य बरबाद नहुने गरि आफुले राजनीतिक एजेन्डा बोकेको स्पष्ट पारे ।

राप्रपा नेपालमा लाग्दा कसैले पश्चाताप गर्नु नपर्ने भन्दै थापाले मुलुकलाई दुराअवस्थामा पुर्याउने भ्रष्टाचार, बेरोजगारी ,धर्मपरिबर्तन र कुशासनको विरुद्धमा युबाहरुले आवाज बुलन्द पार्नुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?