काठमाडौँ, २ बैशाख । आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५ सयले बढेर तोलाको एक लाख २ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख एक हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन तोलाको एक लाख एक हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको १४१५ मा कारोबार भएको महासंघले जनाएको छ ।




