माओवादीको भाँडो रित्तिइसक्यो, बिर्को मात्र छ : केपी ओली

`

     २०७८ चैत्र २९ गते ४:५८

काठमाडौँ, २९ चैत्र । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश कार्यक्रममा बोल्दै माओवादी केन्द्रको भाँडो रित्तो भइसकेको बताएको छ ।

‘माओवादी कुनै पार्टी रहेन, केन्द्र रह्यो । केन्द्र छ, अरु केही छैन् । माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्र छ । त्यही बिर्कोलाई उनीहरूले केन्द्र भनेका छन् । दुई चार जना नेता छन्, अधिकांशले छोडिसके’ ओलीले भने ।

माधवकुमार नेपाल गुट र माओवादी कांग्रेसको जिउँमा बसेको झिँगा धपाउने राम्रो झुक्का भएका चौरीको पुच्छर जस्तो मात्र भएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?