ग्रिसेली आरोही एन्टोनिस स्यकारिसको धौलागिरि आरोहणको क्रममा मृत्यु

`

     २०७८ चैत्र २९ गते ११:५१

काठमाडौँ, २९ चैत्र । ग्रिसेली आरोही एन्टोनिस स्यकारिसको पर्वतारोहण गरेर फर्किने क्रममा मृत्यु भएको छ ।

धौलागिरि हिमाल आरोहण गरेर फर्किने क्रममा बिरामी भएपछि ७ हजार ४ सय मिटरको उचाईमा उनको मृत्यु भएको सेभेन समिटका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए । धौलागिरि आरोहणका क्रममा उनलाई सेभेन समिटका दावा शेर्पाले ‘गाइड’ गरेका थिए ।

सन् १९६२ मा जन्मिएका एन्टोनिसले हालसम्म ८ हजार मिटरभन्दा माथिका सगरमाथा‚ कञ्चनजंघा‚ मनास्लु‚ ल्होत्से र अन्नपूर्ण गरी ५ वटा हिमाल आरोहण गरिसकेका छन् ।

उनले अहिलेसम्म २ हजार मिटरमाथिका २९‚ ३ हजार मिटरमाथिका ५० र ४ हजार मिटरमाथिका ६३ वटा हिमाल आरोहण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?