सुनचाँदीको मूल्यमा वृद्धि

`

     २०७८ चैत्र २९ गते ११:२१

काठमाडौँ, २९ चैत्र । साताको तेस्रो दिन आज सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ८ सयले बढेर तोलाको एक लाख ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख एक सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ४ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको १३८० मा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?