मधेस प्रदेशसभाको बैठक आज अपराह्न ३ बजे बस्दै

`

     २०७८ चैत्र २८ गते १:०४

काठमाडौँ, २८ चैत । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ ।

आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?