काठमाडौँ, चैत २८ । अभिनेत्री ब्राय लार्सन बहुप्रतीक्षित हलिउड सिक्वेल ‘फास्ट एण्ड फ्युरियस-१०’मा अनुबन्धित भएकी छन् । इन्स्टाग्राममा आफू र लार्सनसहितको तस्वीर सेयर गर्दै निर्माता तथा अभिनेता भिन डिजेलले लेखेका छन्, ‘परिवारमा स्वागत छ ब्राय ।’
फ्यानलाई आश्चर्यमा पार्दै डिजेलले लार्सनको अनुबन्धनबारेको समाचार सार्वजनिक गरेका हुन् ।
लार्सनसहित फिल्ममा डिजेल, लुडाक्रिस, मिसेल रोड्रिग्युज, टायरिज गिब्सन, सुङकाङको मुख्य भूमिका छ । जेसन मोमोआ पनि मुख्य भिलेन चरित्रको रुपमा अनुबन्धित भइसकेका छन् । जस्टिन लिनले फिल्मलाई निर्देशन गर्नेछन् ।
गत वर्ष रिलिज भएको फिल्म एफ नाइनले विश्व बक्स अफिसमा ७२६ मिलियन डलर कमाइ गरेको थियो ।




