काठमाडौँ, २८ चैत्र । पाँच दलीय गठबन्धनले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न आह्वान गरेका छन् ।
सोमबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले देशै भर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा अगाडी बढ्न आह्वान गरेको हो ।





