काठमाडौँ, २८ चैत्र । आज सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलाको २ सयले घटेर १ लाख १ सय रुपैयाँ कायम भएको छ ।
आइतबार सुन तोलाको १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै आज चाँदीको मुल्य स्थिर भई १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।




