घुससहित मालपोतका प्रमुख पक्राउ

`

     २०७८ चैत्र २८ गते १०:४१

काठमाडौँ, २८ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई पक्राउ गरेको छ । सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित झालाई आज बिहान पक्राउ गरेको हो ।

आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घुसवापत सेवाग्रहीसँग लिएको रु पाँच लाख रकमसहित प्रमुख झालाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?